एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत आज शनिबार विधिपूर्वक समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।
नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ । स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।
आज शनिबार स्वस्थानी व्रत समापन हुँदै
प्रकाशित : २०८० फाल्गुन १२, शनिबार ११:०८
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech