रुपन्देहीको तिलोत्तमा १० मा वडाका बालबालिकाहरुका लागी ३ महिने आत्म रक्षा तालिम सुरु

[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा १० मा वडाका बालबालिकाहरुका लागी ३ महिने आत्म रक्षा तालिम आज बाट सुरु भएको छ । वालमैत्रि स्थानिय वडा समिति तिलोत्तमा १० को आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रमका अवशरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले समयको आबस्यकताको आधारमा तालिम सन्चालन गरेकोमा वालमैत्रि स्थानिय वडा समिति लाई धन्यवाद दिनु भयो ।

उहाले तिलोत्तमा भैतिक बिकाश सगै मानबिय बिकाशमा लागेको बताउनु भयो । कार्यक्रममा गरिमा टोल बिकाश संस्थाका अध्यक्ष राजेश यादव , वडा बाल सन्जाल तिलोत्तमा १० का अध्यक्ष कृष्ण लम्साल , प्रमुख प्रशिक्षक के.बि राना , रोहिणि बिकाश संस्थाका अध्यक्ष भेजनाथ कुवर , जनहित मा बि का प्रधानाध्यापक रामनारायण चौधरी लगायतले बोल्दै बाल बालिकाहरुका लागी आबस्यक तालिम दिएकोमा वडा कार्यालयलाई धन्यबाद दिनु भयो ।
तिलोत्तमा १० का अध्यक्ष गोपाल घिमिरेको अध्यक्षता , वडा सदस्य बालकृष्ण लम्सालको स्वागत तथा सचिव कृष्ण खातिको सन्चालनमा कार्यक्रम भएको थियो ।


प्रकाशित : २०८० फाल्गुन १२, शनिबार १५:४८