
रौतहट– मैनबत्तीबाट सल्किएर रौतहटको कटहरिया नगरपालिका–५ स्थित १ घरमा आगलागी हुँदा करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । टहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो।
आगलागी बाट घर तथा घरमा रहेको अन्न,कपडालत्ता, गरगहना जलेर झण्डै ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहको कमाण्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
पीडित गोसाईंका अनुसार आगोलागी बाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिका लाई ठुलो कठिनाइ भएको छ। प्रहरी तथा स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ।

