नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

[sharethis-inline-buttons]

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पन बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित : २०८० फाल्गुन १३, आईतवार १२:५९