काठमाडौं । इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो । इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङ र बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएपछि दुवै स्थान खाली छ । सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।
इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने
प्रकाशित : २०८० फाल्गुन १३, आईतवार १४:१७
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech