
पेरिस । ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार पर्यटकका लागि खुला हुने भएको छ ।
विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनेको आइफिल टावरको सञ्चालक एसईटीईले शनिबार कर्मचारी युनियनसँग सम्झौता भएको जनाएको छ । पछिल्लो तीन महिनामा यो दोस्रो हड्ताल हो, पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ ।
एसईटीईले पर्यटकहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै टिकटको पैसा फिर्ता गरिने जनाएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए ।

