
काठमाडौँ । सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्रउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सामाखुसीबाट शनिबार राति पक्राउ गरेको छ ।
पर्वत फुलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा योजनाकार रहेको पत्ता लागेपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

