चालक नभएको रेल ७० किलोमिटर कुद्‌यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त रेल तीव्र गतिमा विभिन्न स्टेशन हुँदै गुडेको देखिन्छ। उक्त रेल आइतवार जम्मु तथा कश्मीरको कठुआबाट पन्जाबको होशियारपुर जिल्लासम्म बिनाचालक कुदेको बताइएको छ। रेल बिनाचालक झन्डै १०० किमि प्रतिघण्टाको गतिमा कुदेको थियो।

रोकिनुअघि उक्त रेलले पाँचवटा स्टेशन पार गरेको थियो। भारतीय रेल सेवाका अनुसार पछि त्यो रेललाई रोकियो। उक्त घटनाक्रममा कोही पनि घाइते भएनन्। समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार उक्त घटना बिहान ७ः२५ देखि ९ः०० बजेसम्म भएको अधिकारीहरूले बताएका छन्।


प्रकाशित : २०८० फाल्गुन १४, सोमबार १३:५४