काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१।८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्ने भएका छन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल गरी आज संसदमा पेस गरेको हो ।
अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रियसभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पेस गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधि र राष्ट्रियसभामा पेस विनियोजन ‘विधेयकका सिद्धान्त र प्राथमिक्ता’माथि आउने सांसदका सुझाव समेत समेट्ने लक्ष्य सरकारको देखिन्छ । संसदबाट प्राप्त सुझाव र निष्कर्ष प्राप्त भएसँगै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान तय गर्ने छ ।