ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन बारे अर्थमन्त्री विष्णु पौडेलले लिए ‘ब्रिफिङ’

Lumbini Darpan 3 २०८० फाल्गुन १४, सोमबार १७:०९
[sharethis-inline-buttons]

बुटवल । पूर्व उपप्रधान, अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने अत्याधुनिक नयाँ भवन बारे सोमबार वृस्तित जानकारी (ब्रिफिङ) लिएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । निर्माणका लागि यसअघि रहेको पुराना भवन र संरचनाहरू हटाउन निर्माण कम्पनीले सुरुवात गरेको छ ।

यस क्षेत्रका उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशसभाका सदस्यलगायत पार्टीका नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरु गर्न पनि आग्रह गरे । जोखिमरहित तरिकाले उपचारमा कुनै डिस्टर्व नहुने गरी पुराना संरचनाहरूलाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिएका छन् । पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बार बन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरूका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको डाक्टर थापाको भनाई छ ।

प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रुपन्देहीमा यति ठूलो बजेट आकारको आयोजना अरु कुनै नभएको भन्दै पुर्व अर्थमन्त्री पौडेलले प्रदेशले अगाडि बढाएको यो आयोजनालाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि समेत आफूले पहल गर्ने बताए । आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले यो आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताएका छन् ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ । अस्पताल भवन निर्माणको शिलान्यासका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारसँग समन्वय गरिरहेको र मातहतका प्रमुखहरूसँग आवश्यक परामर्श र समन्वय भइरहेको बताउँदै प्रक्रिया पूरा गरेर शिलान्यास गरिने,’ प्राधिकरणका साइट इन्जिनियर रमेश शर्माले बताए । अस्पतालमा अहिले तीन सय बेडको सरकारी र एक सय बेड समितितर्फ गरी चार सय बेड स्वीकृत भएको भए पनि पाँच सय २४ बेड सञ्चालनमा रहेको छ । अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन (इमर्जेन्स), इनडोर सर्भिस कक्ष रहनेछन्


प्रकाशित : २०८० फाल्गुन १४, सोमबार १७:०९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech