दक्षिण कोरियाको सङ्केत.उत्पादनमूलक बाहेकका क्षेत्रमा यो वर्ष थप नेपाली कामदार नलैजाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

दक्षिण कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएका कारण यो वर्ष अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको एक अधिकारीले जानकारी दिइन्। ईपीएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलवार नेपालले पाएको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाकी प्रमुख मैया कँडेलले बताएकी छन्।

उनका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै कामदारहरू लैजाने जानकारी कोरियाले उक्त पत्रमार्फत् दिएको छ।

कडेलका अनुसार उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जान आवेदन दिएका १ लाख ६३ हजार नेपालीहरूको भाषा परीक्षा सक्न आगामी वर्षको पुस २ गतेसम्म लाग्ने देखिएको छ। दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि नेपालबाट १५,९०० जना लैजाने जनाएको थियो। त्यसका लागि १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएपछि भाषा परीक्षा सक्नै एक वर्ष लाग्ने भएको हो।


प्रकाशित : २०८० फाल्गुन १६, बुधबार ११:१६