माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बाजुरा ।  जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जगन्नाथ गाउँपालिका काप्रीका आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसीं भण्डारीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० फाल्गुन १७, बिहीबार ११:२५