आज सुन–चाँदीको मूल्य कति छ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।


प्रकाशित : २०८० फाल्गुन १७, बिहीबार १२:४८