विकास बजेट खर्च नहुने समस्या विकराल . सांसद शर्मा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजस्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबारको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको छ र देश अहिले आक्रान्त रहेको बताएका छन् ।

उनले भने, ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु। एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ। त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो, यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ सरकारको ध्यान चाँडोभन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।


प्रकाशित : २०८० फाल्गुन १७, बिहीबार १५:२५