टी–२० सिरिज . नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् । लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग टुमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।


प्रकाशित : २०८० फाल्गुन २२, मंगलवार ११:४५