महाशिवरात्रिका लागि पशुपति आइपुगे नागा बाबा

[sharethis-inline-buttons]

काठमाडौँ । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट काठमाडौँ आइपुगेका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् ।

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् । महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका चहलपहल बढेको छ ।


प्रकाशित : २०८० फाल्गुन २३, बुधबार १०:४८