सहकार्यका लागि नेपाललाई शेरबहादुर देउवाको प्रस्ताव, छलफल सकारात्मक

[sharethis-inline-buttons]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन्। बुधबार बिहान नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।

देउवा र नेपालको भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए । नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिने उनको भनाइ छ । गत वर्ष पुस १० मा प्रचण्डले एमालेसहितको गठबन्धन बनाउँदा नेपाल कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण, सभामुख र उपसभामुखको चुनावमा एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिएको थियो ।


प्रकाशित : २०८० फाल्गुन २३, बुधबार ११:४८