सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका–भतिजको घटनास्थलमै मृत्यु

[sharethis-inline-buttons]

सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो।

शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०८० फाल्गुन २६, शनिबार १०:४९