तिनाउका सबै जनप्रतिनिधि दुई दिन सेवा ठप्प हुनेगरी पोखरा यात्रामा निस्किँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

पाल्पाको तिनाउ गाउँपालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम हुने छैनन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराएका छन् ।

उक्त दिन कुनै सार्वजनिक विदा वा विशेष दिन नभई यहाँका जनप्रतिनिधिहरु पोखरा यात्रामा हुने भएकाले कार्यालयहरु खुलेपनि जनप्रतिनिधिबाट हुने काम भने अबरुद्ध हुने तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताएका छन् । विभिन्न १० वटा विषयबस्तुमा छलफल तथा जनप्रतिनिधिहरुलाई अभिमूखिकरण गर्नका लागि पोखराको होटल पौवामा २ दिनसम्म तालिम सञ्चालन हुने भएको बस्नेतले बताए ।

वार्षिक कार्यतालिकामै राखेर कर्मचारी र जनप्रतिनिधिलाई भनि १३ लाख रुपैयाँ विनियोजन गरिएको र यस पटक जनप्रतिनिधिहरुको पोखरा यात्रामा भने साढे ५ लाख बजेट खर्च हुने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिएका छन् । जनप्रतिनिधिहरु शनिबार नै पोखरातर्फ लाग्ने र फागुन २९ गतेविहान पोखराबाट फर्किने बस्नेतले जानकारी दिए ।


प्रकाशित : २०८० फाल्गुन २६, शनिबार १५:२४