सुनको मूल्यमा सामान्य गिरावट

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । जसअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।


प्रकाशित : २०८० चैत्र २, शुक्रबार ११:३६