विभिन्न प्रकरणमा ‘अनुसन्धानको दायरामा रहेका व्यक्तिुलाई गृहमन्त्रीका रूपमा “स्वीकार्न नसक्ने” भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा शुक्रवार रवि लामिछानेको राजीनामा मागेको छ।
लामिछाने सहकारी ठगी र दोहोरो नागरिकतासम्बन्धी विवादमा मुछिएका व्यक्ति रहेको भन्दै कांग्रेसले उनको राजीनामा माग गरेको हो। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् र लामिछानेलाई गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ ।