काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोग सदस्यहरु डा.प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा.आरपी विच्छा र डा.जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।
हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् ।