टर्कीमा आप्रावासी चढेको डुंगा पल्टिदा १६ को मृत्यु

[sharethis-inline-buttons]

इस्तानवुल। टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो ।

टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुईजनाले आफै पौडी खेलेर ज्यान बचाउन सफल भएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।

आप्रवासी बोकेको डुङ्गा रबरको बनेको अधिकारीहरूले बताएका छन्। यो डुङ्गामा कति यात्रु सवार थिए भन्ने कुराको हालसम्म पुष्टि भएको छैन । कोस्ट गार्डले घटनास्थलमा निरन्तर खोजी कार्य गरिरहेको छ ।

अनादोलुका अनुसार अहिले १० कोस्ट गार्ड डुङ्गा र २ वटा हेलिकप्टर खोजी कार्यमा जुटेका छन् । यति मात्र होइन, घटनास्थल नजिकैको बन्दरगाहमा धेरै एम्बुलेन्स पनि तैनाथ गरिएको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । किनभने डुङ्गामा सवार आप्रवासीहरूको संख्या धेरै थियो। प्रारम्भिक जानकारी अनुसार ओभरलोड भएका र छालको ठक्करबाट डुंगा पल्टिएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनापछि अहिले घटनास्थलमा शोक छ ।


प्रकाशित : २०८० चैत्र ३, शनिबार १२:४०