
महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक भ्रमणमा निस्किएका छन । उनले मधेश प्रदेश पुगेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले जलभित्र रहनुभएका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए ।