माधवकुमार नेपालको आग्रह, अमरेन्द्रलाई भोट हालेर ‘कमेडी च्याम्पियन’को विजेता बनाउन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमरेन्द्र यादवलाई कमेडी च्याम्पियन सिजन–३ को विजेता बनाउन लागिपर्न आग्रह गरेका छन्। एकीकृत समाजवादी पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यादवलाई विजयी बनाउन आग्रह गरेका हुन्।

अमरेन्द्रले अडिसन राउन्ड र सुपर ३० मा दिएको प्रस्तुतिमा माधवकुमार नेपाललाई व्यङ्ग्य गरेका थिए। उनले भनेको ‘रौतहटमे रहके बा त, माधव माधव कहेके बा’ लाइन अहिले पनि रौतहट र एकीकृत समाजवादीको सर्कलमा चर्चामा छ।

आफ्नो विषयमा व्यङ्ग्य गरेका यादवलाई नेता नेपालले मञ्चको कार्यक्रममा समेत खोजेका थिए।


प्रकाशित : २०८० चैत्र ३, शनिबार १३:४२