
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता समीकरण छिटो छिटो फेरबदल भइरहेको भन्दै जनतामा यसको भविष्यबारे गम्भीर प्रश्न खडा भएको बताएका छन्।
शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो पटक बनेको नयाँ गठबन्धन देशको विकास र हितका लागि सहयोगी हुने दाबी गरे।
अध्यक्ष नेपालले भने, ‘अहिलेको गठबन्धन कहिलेसम्म भन्ने प्रश्न उठिरहेको छ। यो गठबन्धन र यसमा सामेल भएका दलहरू बाँकी कहिलेसम्म रहन्छन्, एउटा गम्भीर प्रश्न खडा भएको छ ।

