![](https://lumbinidarpanonline.com/wp-content/uploads/2024/03/accident.webp)
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।