
रुपन्देहीको शुद्धोधन गाँउपालीका वडा नं ६ मा नेतृत्व विकास तथा प्रकोप ब्यबस्थापन तालीम सम्पन्न भएको छ । शुद्धोधन गाँउपालीका वडा नं ६ का वडा अध्यक्ष उपेन्द्र साहनीको अध्यक्षता शुद्धोधन गाँउपालीका अध्यक्ष बिष्णु बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाँउपालीका अध्यक्ष विष्णु प्रसाद बस्याल ले बोल्नेले मात्र समाजको नेतृत्व गर्न सक्ने बताउदै सिकेका कुरा व्याबाहारमा उर्तान आग्रह गर्नु भयो । उहाले पछि पारिएको शुद्धोधन गाँउपालीका वडा नं ६ बिकाशका कामको सुरुवात भएको भन्दै सहकार्य गर्न वडा बासीलाइ आग्रह गर्नु भएको छ ।
वडा सदस्य गीता नेपाली , दिपनारायण यादव, गुलाबि लोधले तालीमले बोल्न सक्षम बनायको भन्दै अब तालिम पछी बोल्न र नेतृत्व गर्न सहज भएको बतानुभयो । शुद्धोधन गाँउपालीका वडा नं ६वडा सचिव हरिहर धोवी ,लुम्बिनी मिडिया हव प्रालीका प्रमुख प्रकाश गौतम , प्रशिक्षार्थी खुमाकान्त अधिकारी ,तुल्सीराम कडेल ,सरस्वती कडेंल लगायतले तालीम फलदायी भयको भन्दै व्याबाहारमा उर्तान आग्रह गर्नु भयो ।
शुद्धोधन गाँउपालीका वडा नं ६ को आयोजना तथा लुम्बिनी मिडिया हवको समन्वयमा भएको कार्यक्रममा २९ जना प्रशिक्षार्थि को सहभागी रहेको थियो । प्रशिक्षार्थी अमरलाल चौहानको सन्चालनमा भएको थियो ।

