तिलोत्तमा ब्यापार सघं तिलोत्तमा द्धारा होली मिलन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम

तिलोत्तमा ब्यापार सघं तिलोत्तमा रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम संघको सभाहल मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा ब्यापार सघं तिलोत्तका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वरी चौधरीले हाम्रा पर्बहरुले संस्कार र अनुशासन समेत सिकाउने भएकाले आफ्नै महत्व रहेको बताउनु भयो । उहाँले संस्थाको भवनको लागी हिजो निर्णय भएको बिषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रममा तिलोत्तमा ब्यापार सघं निर्बतमान बाबुलाल भुषाल , ब्यापार सघं बरिष्ट उपाध्यक्ष बिष्णु बराल क्षेत्रि , हरिप्रसाद उपाध्याय, नुमेन्द्र पौडेल ,लगायतले ब्यापारीहरुका धेरै समस्या हुदाहुदै पनी हास्नु पर्ने बाध्यता रहेको भन्दै शुभकामना दिनु भयो ।

तिलोत्तमा ब्यापार सघं तिलोत्तमा अध्यक्ष नेत्र प्रसाद न्यौपानेको स्वागतमा भएको कार्यक्रमको संन्चालन महासचिव बिष्णु बालीराजले गर्नु भएको थियो ।


प्रकाशित : २०८० चैत्र ११, आईतवार ११:४९