
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी–२० र एकदिवसीय सिरिज खेल्दै छ ।
नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ए सँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । यस्तै नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ सँग ३–३ टी–२० र एक दिवसीय खेल खेल्नेछ। नेपालको राष्ट्रिय टीमले आयरल्यान्ड ‘ए’ सँग २ वटा टी–२० खेल पनि खेल्नेछ।

