होलीको दिन रुपन्देहीमा चार सवारी दुर्घटना. १ जनाको मृत्यु, ३१७ सवारीसाधन नियन्त्रणमा

[sharethis-inline-buttons]

रुपन्देही । रुपन्देहीमा होली मनाउने क्रममा चार सवारी दुर्घटनामा र १ जनाको मृत्यु भएको छ । प्रहरीले होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

होली पर्व मनाउने क्रममा हेलमेट नलगाएका, कागजपत्र नबोकेका र दुई जनाभन्दा बढी सवार गर्ने ३११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने मोटरसाइकलसँगै तीनवटा टेम्पो, दुई वटा कार र एउटा ट्रकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित बनाउनका लागि मातहतका प्रहरी इकाईहरूबाट १२८ स्थानमा चेकजाँचमा खटिएको जानकारी दिए।

मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ वर्षीय प्रविन कँडेल रहेका छन्।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार ११:४२