प्यासन फाउण्डेशनः जापनीज/कोरीयन तथा पिटिई/आयल्सका विद्यार्थीको रोजाई बन्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा रहेको प्यासन फाउण्डेशन पछिल्लो समय विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । जापनिज, कोरियन भाषा तथा पिटिई आयल्सका कक्षाहरु धमाधम सञ्चालन भईरहेको उक्त प्यासन फाउण्डेशन पछिल्लो समय शैक्षिक गुणस्तर राम्रो भएका कारण विद्यार्थीहरुको रोजाई बन्दै गएको हो ।

१ बर्ष अघि देखि पुर्ण रुपमा सञ्चालनमा आएको उक्त संस्थाले भाषा अध्ययन गरि जापान, कोरिया, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा जानका लागि प्यासन फाउण्डेशनले सम्पुर्ण प्रक्रिया पुरा गर्ने प्यासन फाउण्डेशन चार नम्बर शाखाका प्रमुख कार्यकारी निर्देशक पुष्पराज बहराईले बताउनुभयो । स्टुडेण्ट भिसा अन्तर्गत कोरियन र जापनीज भाषा अध्यापन भईरहेको उहाँले बताउनुभयो ।

उक्त प्यासन फाउण्डेसनमा प्रबन्ध निर्देशक मिलन क्षेत्री, पिटिई प्रशिक्षक रामु खनाल, आयल्स प्रशिक्षक विशाल गिरी, जापनीज प्रशिक्षक सुशिल चुंदाली, कल्पना चालिसे र लेखापाल पुष्पा राना मगर लगायतको टिमले संस्थालाई सक्रिय रुपमा अगाडि बढाईरहनुभएको छ ।

प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरु भएको संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

 

 


प्रकाशित : २०८० चैत्र १३, मंगलवार २०:१४