सुन तस्करीको आरोपमा २ जना पक्राउ

[sharethis-inline-buttons]

काठमाडौं । रसुवाको केरुङ नाकाहुँदै भन्सार छली काठमाडौं सुन ल्याएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय सुदिप विक र ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरू साथबाट भन्सार छलेर ल्याएको १२८ दशमलव ७ ग्राम सुन बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नकुल पोखरेलले जानकारी दिएका छन् ।

दुवैजनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० चैत्र १४, बुधबार १३:०३