जनकपुरधाममा आज मनाइयो होली

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जनकपुरधाम। जनकपुरधाममा आज होली मनाइएको छ। बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो। एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ।

तराईका अन्य ठाउँमा भने सोमवार नै होली मनाइएको थियो। होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका भोजन बनाएर खाना–खुवाउने र एक अर्कालाई रङ–अबीर लगाएर खुसियाली मनाउने चलन पनि विद्यमान छ।

योपटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलवार साधुसन्तले मनाए। अन्य ८० प्रतिशतले भने बुधवारमात्रै होली मनाए।


प्रकाशित : २०८० चैत्र १४, बुधबार १४:४७