जापनीज र कोरियन भाषाको हव बन्दै ब्राइट लुम्बिनीः जापानीज भाषा पास विद्यार्थीलाई बिदाइ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाको चारनम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) द्वारा जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२४ मा जापानीज भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक असिम कडेंल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेशनलाई नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस वर्षको अप्रिल इन्टेकमा २१ जना विद्यार्थी उच्च शिक्षाको लागि सिओई प्राप्त गरि जापान जान सफल भएको भन्दै सम्पु्र्णलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेल्वासे, लुम्बिनी प्रदेश पार्सन भुपाल थापा, लगायतले देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनहुँ कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको भन्दै विदेश बाट कमाएर ल्याएको सिप र पैसा पछि स्वदेशमै खर्च गर्नुपर्ने बताउनभुयो ।

त्यस्तै सेन्टरका जापनीज भाषाका प्रशिक्षक गणेश खनालले उच्च शिक्षाको लागि जापान जान लागेका विद्यार्थीलाई एयरपोट देखि जापान जाँदा र गएपछि ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

संस्थाले विद्यार्थीहरु, संस्थामा कार्यरत कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई मायाको चिनो सहित सम्मानगरिएको छ भने वर्ष सन २०२४ अप्रिल ईन्टेकमा जापानीज भाषाको परिक्षा दिएर उत्तीर्ण भई विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरुले खुसी व्यक्त गर्दै संस्थालाई मायाको चिनो समेत प्रदान गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्ण चन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सदस्य भक्तिराम घिमिरे लगायत पत्रकारहरुको आतिथ्यता रहेको थियो । त्यस्तै संस्थाका जापनीज भाषा विभाग प्रमुख सुमन थापा, जापनीज भाषा प्रशिक्षक सम्झना क्षेत्री, गणेश खनाल, कोरीयन भाषा विभाग प्रमुख महेश आचार्य, डकुमेन्ट म्यानेजर मनिसा क्षेत्री, लेखा पाल सपना पौडेल, कार्यालय सहायक मिना थारु लगायतको उपस्थिती रहेको कार्यक्रममा कोरीयन भाषा विभाग प्रमुख महेश आचार्यको स्वागत मन्तब्य रहेको थियो ।

ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) जापनीज र कोरीयन भाषाको परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै हजारौ विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । संस्थाले कोरीयन भाषा तर्फ स्किल टेस्ट, होस्टेलको व्यबस्था गर्ने योजना बनाएको छ ।


प्रकाशित : २०८० चैत्र १९, सोमबार ०७:००