
प्रकाश गौतम
रुपन्देहीको गैडहवा ९ मा आमा समुहहरुका लागी ५ दिने उद्घोषण तालीम सम्पन्न भएको छ ।
लुम्बिनी मिडिया हव तिलोत्तमा ५ को आयोजना तथा गैडहवा ९को आर्थिक सहयोगमा तालीम सम्पन्न भएको हो ।
तालिम समापनका अवसरमा बोल्दै रुपन्देहीको गैडहवा गाउंपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो । अध्यक्ष पौडेलले यो समय बोल्न सक्नेहरुको भएको भन्दै यस्ता तालीमबाट परिबर्तन सम्भव रहेकोे बताउनु भयो ।

कार्यक्रममा गैडहवा ९ का अध्यक्ष मिना क्षेत्रिले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै गैडहवा ९ का सदस्य पुनम सुनार र शान्ता ज्ञवालीले तालीमको उदेश्य पाप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो ।

तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट सरस्वती चौधरी, मन्जु रिजाल,बबिता चौहान , मनिषा ज्ञवाली लगायतले मन्तब्य राख्नू भएको थियो ।
लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजिकरण गर्नु भएको तालिममा गैडहवा ९ का आमा समुहका ३० जनाको सहभागीता रहेको थियो ।


प्रकाशित : २०८० चैत्र २१, बुधबार १२:०६