नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८सय निर्धारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला एक लाख ३८ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो ।


प्रकाशित : २०८१ बैशाख २, आईतवार ११:२०