आइपिएलमा आज कोलकोता र राजस्थान खेल्दै

[sharethis-inline-buttons]

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज कोल्कोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा शिर्ष र दोस्रो स्थानमा रहेका यी दुवै टिमको खेल रोचक हुने देखिएको छ । राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कोलकोताले खेलेका ५ खेलमा ४ जित हासिल गर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

त्यस्तै राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार ११:२४