नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी बढ्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०८१ बैशाख ६, बिहीबार ११:४४