लक्ष्मणघाट मा.वि मा पोषणयुक्त खाना प्रर्दशनी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

ल¬दस, जीतपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको लक्ष्मणघाट माध्यामिक विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्र्तगत पोषणयुक्त खानाको प्रर्दशनी गरिएको छ ।

सन्तुलित भोजन गरौँ, स्वास्थ रहौँ, हरेक बार खाना चार भन्ने नाराका साथ विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले शरीरलाई शक्ति दिने, शरिरको रक्षा गर्ने र शरीर बृद्धि गर्ने खानाका छुट्टाछुट्टै स्टल बनाएर प्रदर्शन गरेका थिए ।
खानाले मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा मुख्य भुमिका खेल्ने भएकाले हरेक नागरिकले खासगरि बालिवालिकाले आफ्नो नियमित खानपानमा खाने कुन खानामा कुन कुन तत्व हुन्छ भन्ने विषयमा सचेत हुनुपर्ने सचेत हुनुपर्ने विद्यालयका शिक्षक चेतनाथ पौडेलले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कविराज भण्डारीले बलवालिकाहरुको खानपानमा ध्यान दिने जिम्मेवारी अभिभावकको भएकाले अभिभावक र विद्यार्थी सबैलाई जानकारी हुने गरी यो प्रर्दशनी गरीएको बताउनुभयो । उहाँले प्रर्दशनीमा राखिएका खानाका परिकारलाई दैनिक आफ्नो भान्छामा प्रयोग गर्न पनि जोड दिनुभयो ।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार १८:०४