प्रधानमन्त्रीले पाए कांग्रेसको नाराबाजीबीच विश्वासको मत, पक्षमा १५७ सांसद

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।


प्रकाशित : २०८१ जेष्ठ ७, सोमबार १५:०२