कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा नेपालमै दोस्रो र प्रदेश प्रथम, विद्यार्थी आकर्षित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानको सिटिइभीटीले हालै प्रकाशित गरेको नतिजामा नेपाल दोस्रो र लुम्बिनी प्रदेश प्रथम भएको प्रतिष्ठानले दाबी गरेको छ । प्राविधिक प्रष्तिठानमा संचालित एच.ए. ल्याव टेक्निसिनयको प्रथम वर्षको नतिजामा नेपाल दोस्रो र लुम्बिनी प्रदेशमै प्रथम भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले दाबी गर्नुभयो ।

वि.स.२०५४ सालमा स्थापित प्राविधिक प्रतिष्ठानले विगतमा पनि उत्कृष्ट नतिजा ल्याएको र अहिले पनि नतिजालाई निरन्तरता दिएको पाण्डेले बताउनुभयो । २१ औं शताब्दी बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेका पाण्डेयले बताउनुहुन्छ ।

लामो समयदेखि दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन गर्दै आएको स्वास्थ्य क्षेत्रमा रुची भएका विद्यार्थीका लागि शैक्षिक सत्र २०८१/८२ का लागि स्वास्थ्य क्षेत्रको ल्याव टेक्निसियन, फिजियोथेरापी र एच.ए. विषयमा कपिलवस्तु टेक्निकल इन्टिच्यूटमा भर्ना खुलेका प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले जानकारी दिनुभयो ।

kti photo 2.JPG

सिटिईभीटीले एक सूचना प्रकाशन गरी यही असार १६ गतेबाट फाराम वितरण सुरु गरिएको र साउन १३ गते फाराम भर्ने अन्तिम मिति तोकिएको जानकारी दिँदै ३ वर्षे कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा एमच.ए. ल्याव टेक्निसियन र फिजियोथेरापी अध्ययन हुँदै गरेको र सिटिइभीटीले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीले यी विषयहरु अध्ययन गर्न पाउने लेखा प्रमुख नन्दराम पौडेलले बताउनुभयो ।

निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका अरुण कुमार पाण्डेयले स्वास्थ्य क्षेत्रको प्राविधिक विषय अध्ययन गरेमा विदेशिनु नपर्ने र स्वदेशमै सहजै रोजगार पाइने बताउनुभयो । हामीले राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर नफालेको आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास गर्न प्राविधिक शिक्षा अत्यावश्यक रहेको पाण्डेयले बताउनुभयो ।

पाण्डेयले हाम्रो अवस्थाको सबैभन्दा जिम्मेवार अहिलेको शिक्षा नै भएको र प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेकाले आफूले प्राविधिक शिक्षालाई जोड दिँदै प्रतिष्ठानमा स्वास्थ्य क्षेत्र अन्तर्गत प्राविधिक शिक्षाको अध्यनको सुरुवात गरेको बताउनुभयो ।

विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धि प्राविधिक शिक्षा आर्जन गरेमा कोही पनि बेरोजगार बस्न नपर्ने बिराज चौधरी बताउँनुहुन्छ ।


प्रकाशित : २०८१ असार १८, मंगलवार १९:१८