
तिलोत्तमा रुपन्देही
लुम्बिनी मिडिया हव प्रा.ली तिलोत्तमा रुपन्देहीको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले देव बहादुर थापाको अध्यक्षतामा आगामी ३ बर्षको लागी ७ सदस्यीय संन्चालक समिति सर्ब सहमतीले चयन गरेको छ ।
जसको उपाध्यक्षमा सुवास खत्रि , सदस्य सचिवमा प्रकाश गौतम र सदस्यमा अम्बबिका खड्का, यमुना जिसि चौधरी लगायत रहनु भएको छ । साथै दोस्रो अधिबेशन बाटै नि बर्तमान अध्यक्ष टेक बहादुर थापालाई संस्थाको संरक्षकमा मनोनयन गरेको छ भने प्रकाश गौतमलाई संस्थाको कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको छ ।
लुम्बिनी मिडिया हव प्रा।ली तिलोत्तमा रुपन्देहीका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता , उपाध्यक्ष सुवास खत्रिको स्वागत तथा कार्यकारी प्रमुख प्रकाश गौतमको सन्चालनमा कार्यक्रम सम्पनन भएको हो । साथै नव निर्वाचित समितिले आजै पद तथा गोपनियताको सपथ सगै पदभार समेत ग्रहण गरेको छ ।