
प्रकाश गौतम
तिलोत्तमा
तिलोत्तमा ब्यापार संघ रुपन्देहीले उधोगहरुको मिलेमोतोमा सिमेन्टको मुल्य अस्वभाबिक बृद्धि गरेको भन्दै बिज्ञप्ती मार्फत बिरोध गरेको छ । साथै तिलोत्तमा ब्यापार संघ रुपन्देहीले जिल्ला प्रसासन कार्यँलय रुपन्देहीमा ज्ञापन पत्र समेत बुझाएको छ ।
तिलोत्तमा ब्यापार संघका अध्यक्ष नेत्र प्र न्यौपानेको हस्ताक्षरमा जारी बिज्ञप्तीमा सिमेन्ट कम्पनीहरुले नै कार्टेलिङ गरि प्रतिबोरा २ सय रुपैया सम्म बढाएको भन्दै बिरोध जनाइएको छ । जसका कारण यो घर बनाउने सिजनमा उपभोक्ताहरु अत्याधिक मारमा परेको र उपभोक्ता माथि चरम आर्थिक शोषण गरेको बिज्ञप्तीमा भनिएको छ ।
साथै आजै तिलोत्तमा ब्यापार संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष बिष्णु ब बराल र महासचिव चेत नारायण बिश्वकर्मा नेतृत्वको टोली जिल्ला प्रसासन कार्य।लय रुपन्देहीमा गई प्रमुख जिल्ला अधिकारी बासुदेव धिमिरे मार्फत तत्काल मुल्य घटाउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बासुदेव धिमिरेले मुल्य घटाउन आफुले पहल गर्ने बताउनु भयो ।

