दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो। २ जनाको भने उद्धार गरिएको जनाइएको छ।

बैंककबाट फर्किएको जेजु एयरको उडान मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको हो। यो दुर्घटना स्थानीय समयअनुसार आइतबार बिहान ९स्०७ बजे भएको हो।

विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु थिए।


प्रकाशित : २०८१ पुष १४, आईतवार १२:१४