समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 रामबहादुर गन्धर्व / कोपवा
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ लक्ष्मणघाटस्थित कृषि तथा पशु विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं साधरणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । शनिबार वडा कार्यालयको प्रङगणमा आयोजित कार्यक्रमको बाणगङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उद्वाटन गरिन।

साथै उनले बाणगङ्गामा कुल ६१वटा सहकारी मध्ये ११वटा सहकारी प्रदेशस्तरिय रहेको बताउदै सहकारी बिकासमा सबैको योगदानको बारेमा चर्चा गर्दै किसानहरूलाई दुधमा दिइने केही प्रतिशत रकम विभिन्न निकायसँग पहल गरि उपलब्ध गराउने प्रतिबद्धता गरिन।

,कार्यक्रमलाई सम्बोधन गर्दै बोल्ने ब्यक्तिहरूले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना ब्यक्त गरे। संस्थाका अध्यक्ष खडगबहादुर थापाले प्रगतिप्रतिवेदन सहित संस्थामा बसौं उद्यमी बनौ फजुल खर्च नगरि बचत गर्ने बानी बसालौ भन्ने मुल उद्वेश्यका साथ २०६०सालमा स्थापना भई आफ्नो दैनिक सेवाहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराउदै संस्थाको निरन्तरता दिन बिभिन्न लक्ष्य सहित भावी योजनाहरू अगाडि सारे ।

संस्थाका कोषाध्यक्ष अपिला भुसाल टण्डनले आ .ब. २०८०/०८१ मा संस्थाको कुल निक्षेप २९लाख ६९हजार ९०२रूपैयाँ रहेको जानकारी सहित १करोड ८७लाख २३हजा२३४बराबरको आयब्याय सार्वजनिक गरिन।ल्खा समिति संयोजक दिपेन्द्र आचार्यले हाल संस्थामा ३४३जना शेयर सदस्यहरू मध्ये ११४मध्ये ११४महिला २२९जना पुरूष रहेको बताउदै संस्थाको शेयर पुँजी २५लाख ६९हजार ७००।– रहेको लेखाप्रतिवेदन सभामा पेश गरे ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,सुरक्षाकर्मी समाजसेवी लगाएतको सहभागिता रहेको उक्त कार्यक्रम रामचन्द्र मरासिनीको स्वागत , चन्द्रमणि क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यसैगरि समावेशी कृषि सहकारी संस्था लिमिटेड बाणगंगा–६सुठौलीको पनि तेह्रौ साधरण सभा सम्पन्न भएको छ ।

शनिबार आयोजित सभाको उद्वाटन गर्दै वडा नं.६का वडाध्यक्ष करूण टण्डनले बुटवल ,काठमाडौ लगाएताका केही सहकारीहरूका कारण स्थानीयस्तरका सहकारीहरूले समस्या झेल्नुपरेको हुँदा त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गर्दै आफुले लिएको ऋणको सदुपयोग गर्दै समयमा भुक्तानी गर्नुपर्नेमा जोड दिदै आफुले सहकारीलाई विभिन्न निकायसँग सहकार्य गर्ने ,सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

साथै उनले ऋण नतिर्ने सदस्यलाई सहकारी नियमनुसार कार्वाही गर्ने समेत चेतावनी दिए त। त्यस्तै कार्यक्रमका बिशिस्ट ब्यक्तिहरूले साधरणसभाको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे।

संस्थाका अध्यक्ष लेमबहादुर गुरूङले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ का लागि महत्त्वपूर्ण लक्ष्य सहित भावी योजनाहरू अघि सारे । संस्थाका कोषाध्यक्ष पबित्रा बेलबासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८०/०८१मा ९१लाख ९९हजार ९९२रूपैयाँ बराबरको आय–ब्याय सार्वजनिक गरिन ,संस्थाले सभामा प्रगतिप्रतिवेदन प्रस्तुत गरेको थियो । लेखा समिति संयोजक पीताम्बर बिक.ले लेखा प्रतिवेदन प्रस्तुत गरे ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,संस्थापक पदाधिकारी लगाएतको सहभागी रहेको उक्त कार्यक्रम सृजना पौडेलको स्वागत र रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यता समावेशी कृषि सहकारी संस्था लिमिटेड बाणगंगा–६सुठौलीको पनि तेह्रौ साधरण सभा सम्पन्न भएको छ। शनिबार आयोजित सभाको उद्वाटन गर्दै वडा नं.६का वडाध्यक्ष करूण टण्डनले बुटवल ,काठमाडौ लगाएताका केही सहकारीहरूका कारण स्थानीयस्तरका सहकारीहरूले समस्या झेल्नुपरेको हुँदा त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गर्दै आफुले लिएको ऋणको सदुपयोग गर्दै समयमा भुक्तानी गर्नुपर्नेमा जोड दिदै आफुले सहकारीलाई विभिन्न निकायसँग सहकार्य गर्ने ,सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । साथै उनले ऋण नतिर्ने सदस्यलाई सहकारी नियमनुसार कार्वाही गर्ने समेत चेतावनी दिए त। त्यस्तै कार्यक्रमका बिशिस्ट ब्यक्तिहरूले साधरणसभाको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे। संस्थाका अध्यक्ष लेमबहादुर गुरूङले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ का लागि महत्त्वपूर्ण लक्ष्य सहित भावी योजनाहरू अघि सारे । संस्थाका कोषाध्यक्ष पबित्रा बेलबासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८०/०८१मा ९१लाख ९९हजार ९९२रूपैयाँ बराबरको आय–ब्याय सार्वजनिक गरिन ,संस्थाले सभामा प्रगतिप्रतिवेदन प्रस्तुत गरेको थियो । लेखा समिति संयोजक पीताम्बर बिक.ले लेखा प्रतिवेदन प्रस्तुत गरे । विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,संस्थापक पदाधिकारी लगाएतको सहभागी रहेको उक्त कार्यक्रम सृजना पौडेलको स्वागत र रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ पुष २८, आईतवार २०:२०