
पेडरानी, पिपलडाँडा, बेलडाँडा टोलबिकाश बिकाश संस्था तिलोत्तमा ११ को चौथो साधारण सभा तथा तेस्रो अधिबेशनले सम्पन्न भएको छ । पेडरानी, पिपलडाँडा, बेलडाँडा टोलबिकाश बिकाश संस्था तिलोत्तमा ११ अध्यक्ष सुदिप पान्डेको अध्यक्षता तथा तिलोत्तमा ११ का अध्यक्ष बिष्णु बराल क्षेत्रिको प्रमुख खातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अधिबेशनले पुन सुदिप पान्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
आज सम्पन्न साधारण सभा तथा अधिबेशनले सर्ब सम्बत रुपमा नयां कार्यसमिति चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा मिन प्रसाद सापकोटा , सचिवमा हरि ढकाल , कोषाध्यक्षमा तुल्सा पान्डे भन्डारी चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा मिना भन्डारी,दुर्गा थारु, कमला भन्डारी , सिता सुबेदी, र पाहुना थारु रहनु भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा ११ का अध्यक्ष बिष्णु बराल क्षेत्रिले टोलको बिकाश बाटै समाज परिबर्तन गर्न सकिने भन्दै वडाको तर्फ बाट टोल लाई सधै सहयोग रहेको बताउनु भयो । कार्यक्रममा पेडरानी, पिपलडाँडा, बेलडाँडा टोलबिकाश बिकाश संस्थाका पुर्ब अध्यक्ष लेखनाथ उपाध्यााय , उपाध्यक्ष राम बिलास यादव लगायतले बोल्नु भएको थियो ।
टोल बिकाश सस्ंथाका हरि ढकालले संस्थाको आय ब्यय प्रूस्तुत गर्नु भएको कार्यक्रमको संन्चालन टोल बिकाश संस्थाका तुल्सा पान्डे भन्डारीले गर्नु भएको थियो ।