ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा उत्कृष्ट कृषक सम्मान

Lumbini Darpan 3 २०८२ असार २२, आईतवार १२:३४
[sharethis-inline-buttons]

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने उत्कृष्ट कृषकहरू सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत “कृषक सम्मान” कार्यक्रम अन्तर्गत चार वटा विधाबाट एक एक जना गरी चार जनालाई नगद राशि सहित सम्मान गरिएको हो । यसरी सम्मानित हुने उत्कृष्ट कृषकहरूमा तरकारी विधाबाट रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की एवं फलफूल विधाबाट धुर्कोट गाउँपालिका –२ पिपलधारा स्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल रहेका छन् । त्यसै गरी च्याउ विधाबाट छत्रकोट गाउँपालिका –४ रुक्से स्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधाबाट रेसुङ्गा नगरपालिका –८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरी पालन फर्मका सञ्चालक विष्णुमाया श्रीस रहेकी छन् ।
मौरी विधाबाट सम्मानित हुने विष्णुमायाले मौरी गोला र घार बिक्रीबाट वािर्षक ५ लाख बराबरको कारोवार गर्दै आएको बताएकी छन् भने तरकारी बिधाबाट उत्कृष्ट हुने रेणु सार्कीले आफूले वार्षिक रूपमा २५ देखि ३० लाखसम्मको कारोवार गर्दै आएको बताएकी छन् । त्यसै गरी फलफूल विधाबाट सम्मानित हुने तारादेवी खनालले २९ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेर वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको बताएकी छन् भने च्याउ विधाबाट सम्मानित हुने कृष्णप्रसाद कँडेलले वार्षिक १२ देखि १४ लाखसम्मको कारोबार गर्ने गरेको बताए ।
कार्यालयले रेसुङ्गा नगरपालिका –६ सिमाहाघाट स्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रूपमा नगद रु दश हजार रुपैयाँ सहित सम्मान गरेको थियो भने अन्य कृषकहरूलाई पाँचरपाँच हजार रुपैयाँ सहित सम्मान गरेको थियो । कृषक सम्मानका लागि कृषि ज्ञान केन्द्र गुल्मीले गत पुस महिनामा पन्ध्र दिने सूचना प्रकाशित गरी कृषकहरूबाट निवेदन आव्हान गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए । उक्त सम्मानका लागि कार्यालयमा १६ जना कृषकहरूले निवेदन पेस गरेका थिए । छनौट प्रक्रियाका लागि कार्यालयको तर्फबाट तीन जनाको मूल्याङ्कन समिति गठन गरी सम्बन्धित पालिकाका कृषि शाखा प्रमुख वा प्रतिनिधिहरूको रोहवरमा उत्कृष्ट कृषकहरूको छनोट गरिएको बताइएको छ ।
छनौट प्रक्रिया अन्तर्गत गरिएका मूल्याङ्कनका मुख्य आधारहरूमा समावेशी, आबद्धता समय, उत्पादन हुने क्षेत्रफल, फर्म दर्ता, उन्नत प्रविधि, समूहमा आबद्धता, कृषि यान्त्रिकीकरणको प्रयोग, तालिम, स्थलगत अनुगमन लगायतका सूचकहरू रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख रमेश जैसवालले सम्मानित हुने कृषकहरू बधाई दिँदै कृषकहरूलाई आगामी दिनमा अझ थप क्रियाशील बनी अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।गुल्मी जिल्लामा हाल व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरू एक सय ४५, सुन्तला खेती गर्नेहरू एक सय ९७ जना, मौरी पालन गर्नेहरू २५ र च्याउ खेती गर्नेहरू १२ जना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । रासस


प्रकाशित : २०८२ असार २२, आईतवार १२:३४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech