भारतबाट सात जना बालकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिनाअघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए ।
भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन् । उनीहरू कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक निकिता मिश्रले बताइन् ।
भारतबाट सात जना बालकको उद्धार
Lumbini Darpan 3
२०८२ असार २२, आईतवार १३:००
[sharethis-inline-buttons]
प्रकाशित : २०८२ असार २२, आईतवार १३:००















- ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण
- रसुवामा बाढी – ७ जनाको शव फेला
- चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध
- चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने
- बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको
- आँप बेच्ने बहानामा लागुऔषधको धन्दा
- त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार
- भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध
- रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
Follow Us
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech