ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

Lumbini Darpan 3 २०८२ असार ३२, बुधबार १३:१६
[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमामा एउटै घरबाट २३ वटा सर्प निकालिएको छ । सर्प उद्धारकर्मीले एउटै घरभित्र भेटिएका २३ सर्पको एकैपटक उद्दार गरेका हुन् ।तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले २३ वटा विषालु गोमन ९कमन कोब्रा० सर्प निकालेका हुन् । केही दिनअघि घरधनी डिलाराम किचनमा खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । त्यसपछि घरमा धेरै भेटिन थालेका थिए ।
गत शनिबार साँझपख ५ बजेतिर भान्छामा छिरेर खाना बनाउँदै गर्दा डिलारामको खुट्टामा कमिलाले टोकेजस्तो भयो । हेर्दा सर्प रहेछ । डिलाराम तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगे । किचनको ढोका थुनेर उनी अस्पताल गएका थिए । सर्पले टोकेको २० मिनेटमै अस्पताल पुगेकाले उनलाई केही भएन ।
पछि छिमेकीले सर्प उद्धारकर्ता विशाल पाण्डेलाई फोन गरे । विशाल बुटवलबाहिर रहेकोले तत्काल सर्प उद्धार गर्न पुग्न सकेनन् ।उनी आउँदा ८ बजेको थियो । घरमा पुग्नेवित्तिकै एउटा सर्प मूल गेटमै थियो । उनी गेट खोलेर भित्र छिरे । गल्लीमा थप दुई वटा सर्प देखिए ।
धेरै सर्प देखेपछि विशालले आफूले तालिम दिएका भाइ विश्वासलाई पनि बोलाए । किचनको ढोका खोलेर हेर्दा थप दुई वटा देखिए । त्यो दिन पाँच वटालाई उद्धार गरेर घरबाट निकालिएको विशालले बताए । राति १० बजे विशाल र विश्वास त्यहाँबाट निस्के ।उद्धार गरिएका सर्प जंगलमा लगेर छाडिदिएका थिए । किचनमा केही भाग फुटेको देखेपछि विशाललाई त्यहाँ अरू पनि सर्प छन् कि भन्ने शंका लागिरहेको थियो ।
घरधनी भोलिपल्ट उपचारगरी अस्पतालबाट घर फर्किए । किचनको तल फुटेको ठाउँ सफा गर्न खोज्दा उनले फेरि सर्प देखे । फेरि तुरुन्तै विशाललाई फोन गरे । विशाल जापानिज भाषासमेत पढाउने भएकोले केही ढिलोगरी दुई भाइ फेरि गए ।
फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्पहरू सल्बलाइरहेको पाए । दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताए । अझै सर्प हुन सकने उनलाई लागेको थियो। भोलिपल्ट घरधनीले मिस्त्रीलाई बोलाए । विशाल र विश्वास पनि आए । अनि थप सर्पको खोजी भयो ।
त्यो दिनभित्र माउ सर्प पनि देखियो तर, फुटेको ठाउँमा ठूलो माउलाई निकाल्न सम्भव भएन । तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको उनले बताए ।
दुई दिन अझै माउ र अन्य बच्चा निस्किन्छन् कि भनेर किचनलाई निगरानीमा राखिएको थियो तर, निस्किएन । त्यसपछि सर्प देखिएनन् ।
त्यसपछि त्यो फुटेको भाग ढलान गर्ने निचोडमा पुगे । ‘एउटै घरभित्र यति धेरै विषालु सर्प भेटिएको सम्भवतः पहिलो घटना होला,’ विशाल भन्छन्, ‘माउ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो । अनि त्यहीँ फूल पारेर बच्चा कोरल्यो । अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो । माउ सर्प निकाल्न नसके पनि त्यो अब म¥यो होला ।’
उद्धार गरिएका सबै सर्पलाई जंगलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताए । ‘किचन फोहोर पनि रहेछ,’ खिमलाल भन्छन्, ‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो । त्यही फुल पारेर बच्चा निकाल्यो ।’
तराईंमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन् । गर्मी समयमा सर्प बढी देखिने गर्छन् ।सोही घरबाट खिमलालले १२ वर्षअघि ११ वटा गोमन सर्पका बच्चा उद्धार गरेका थिए । एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ घटना मानिएको छ । पाण्डे परिवारका तीनै बाबुछोरा सर्प उद्धारमा सक्रिय छन् । सर्प देखेमा उद्धार कर्तालाई खबर गर्न विशाल आग्रह गर्छन् ।


प्रकाशित : २०८२ असार ३२, बुधबार १३:१६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech